← समाचारमा फर्कनुस्
Football Aug 27, 2024 · Swadesh

दारी ग्याङ फुटसल भदौ दोस्रो साता

दारी ग्याङ फुटसल भदौ दोस्रो साता

काठमाडौं । दारी ग्याङ फुटसल प्रतियोगिता भदौ दोस्रो साता हुने भएको छ। सामाजिक क्षेत्रमा सक्रिय युवाहरूको समूह दारी ग्याङले प्रतियोगिता भदौ १४ र १५ गते काठमाडौंको कान्तिपुर फुटसल एन्ड ट्रेनिङ सेन्टर बूढानीलकण्ठमा आयोजना हुने जानकारी दिएको हो। 

प्रतियोगितामा यसपल्ट राष्ट्रिय फुटबल तथा फुटसल लिगको ए डिभिजन खेलेका खेलाडीहरूले भाग लिन नपाउने नियम बनाइएको छ। यस प्रतियोगितामा देशभरिबाट ३२ टोलीले प्रतियोगितामा भाग लिने आयोजक दारी ग्याङले जानकारी दिएको छ। ३२ वटै टोलीले दारी ग्याङ फुटसल व्यवस्थापन समितिको नियमानुसार आआफ्नो टोली पनि दर्ता गराइसकेका छन्।

प्रतियोगिता पहिलो दिन १४ गते लिग चरणअन्तर्गतका ३२ टोलीको ४८ वटा खेलहरू हुनेछ। जसबाट १६ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन १५ गते नकआउट चरणमा १६ वटा टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।

विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिता अवधिभरिको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र शीर्ष गोलकर्तालाई पाँच हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →