← समाचारमा फर्कनुस्
Football Nov 30, 2023 · Nepalsports

सनसनीपूर्ण जितसँगै धनगढीको लगातार दोस्रो जित, शीर्षमा उक्लियो

सनसनीपूर्ण जितसँगै धनगढीको लगातार दोस्रो जित, शीर्षमा उक्लियो

धनगढ, १४ मंसिर ।  बुटवल लुम्बिनी फुटबल क्लबमाथि १-० को सनसनीपूर्ण जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिगमा लगातार दोस्रो जित हात पारेको छ । 

परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले अफिजले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि धनगढीले दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा बुटवललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुबै टोलीले बराबरी खेलेका थिए ।इन्जुरी समयमा नेपाली घरेलु फुटबलमा सर्वाधिक सफल स्ट्राइक ओलावालेले गोलरक्षकको खुट्टा मुनिबाट बललाई पोस्टको दिशा दिदैँ धनगढीलाई ३ अंक दिलाएका थिए । 

यो धनगढीको लगातार दोस्रो जित हो । यसअघि धनगढीले वीरगञ्ज यूनाइटेड एफसीलाई २-१ ले पराजित गरेको थियो । जितसँगै धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । 

खेलको प्लेयर अफ द म्याच धनगढीका गोलकिपर मोहम्मद ताहा घोषित भए । धनगढीले अर्को खेल आगामी शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →