← समाचारमा फर्कनुस्
Cricket Feb 28, 2024 · Swadesh

दाङ क्रिकेट लिग : तुलसीपुर र घोराहीको दोश्रो जित

दाङ क्रिकेट लिग : तुलसीपुर र घोराहीको दोश्रो जित

दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। 

घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलहरुमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुकरी वारियर्सलाई पराजित गर्यो। 

आजको पहिलो खेलमा तुलसीपुर रोयल्सले दोश्रो जित दर्ता गर्ने क्रममा पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो। 

तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो। 

पुरनधाराको ब्याटिंगमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान दिए। राजविर सिंहले १४, कप्तान मोहन खत्रीले १३ तथा राजु रिजालले १२ रन योगदान दिए। बलिंगतर्फ तुलसीपुर रोयल्सका फास्ट बलर रुपेश सिंहले ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। भुवन कार्की, दिवान पुन र बिनोद कुमार बिकले १/१ विकेट लिए।         

यस अघि टस जितेर ब्याटिंग रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन बनायो। 

तुलसीपुरको लागि प्लेयर अफ द म्याच समेत घोषित दिवान पुनले सर्वाधिक ३७ रन योगदान दिए जुन क्रममा ४४ बलमा ४ चौका प्रहार गरे। बिराट सिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिंगतर्फ पुरनधाराको लागि सुजल ओलीले २ विकेट लिए भने कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले १/१ विकेट लिए। 

आजको दोश्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो।  

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि प्लेयर अफ द म्याच घोषित दिपेश कँडेलले सर्वाधिक २६ रन बनाए। यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका कँडेलले २१ बलमा ३ चौका प्रहार गरे। यस्तै अर्जुन घर्तिले २५, मनोज पुनले १२ तथा दिलिप नाथले १० रन बनाए। देउखुरीको बलिंगमा आशिश ओलीले २ तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले १/१ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनायो। 

देउखुरीको लागि प्रज्वल बहादुर थापाले सर्वाधिक २३ रन बनाए। यस्तै आशिष ओलीले १७, सुभम खनालले १३, आवाज गौतमले १२ तथा दिपक बोहराले ११ रन बनाए। 

बलिंगतर्फ घोराही टाइगर्सका रबिन थापा र मिलन बुढाथोकीले २/२ विकेट लिए। यस्तै दिपेश कंडेल, युनिश विक्रम सिंह र अर्जुन घर्तिले १/१ विकेट लिए।  

आजको जित पछि तुलसीपुर रोयल्स दुवै खेलमा जितको साथ ४ अंक सहित लिग अंक तालिकाको शिर्ष स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो जित दर्ता गरेको घोराही टाइगर्स ४ अंक सहित नेट रन रेटमा पछि हुँदा दोश्रो स्थानमा छ। पुरनधारा च्यालेन्जर्स ३ खेलमा २ अंक सहित तेश्रो, २ खेलमा १ जित र १ हार पछि समान २ अंक भएको दंगाली लायन्स चौंथो स्थानमा छ। देउखुरी वारियर्स दुवै खेलमा हार पछि पाँचौ स्थानमा छ। 

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →