← समाचारमा फर्कनुस्
Cricket May 12, 2025 · Swadesh

डिएभी स्कुललाई उपाधि

डिएभी स्कुललाई उपाधि

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

सोमबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा सम्पन्न फाइनलमा डिएभीले गेटवे एकेडेमीविरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो।

गेटवेले प्रस्तुत गरेको ७३ रनको लक्ष्य डिएभीले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले अविजित ३५ र मायंककुमार साहले १६ रन बनाए।

गेटवेका लागि उज्वल गुप्ताले दुई र साइमन पटेलले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो।

गेटवेका लागि मुर्शिद इक्बालले १५ र कप्तान सबिर अन्सारीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

डिएभीका लागि कमल शाहीले चार, कप्तान प्रसिद्ध जैसीले तीन र केशव अग्रवालले दुई विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →