क्यानले विश्वकप लिग–२ का लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौं, असोज १६ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा आगामी अक्टोबर ७, २०२६ देखि सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार सन्दीप लामिछानेको कप्तानीमा टोली चयन गरिएको हो। टोलीमा आसिष सेख, दीपेन्द्र सिंह ऐरि, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण के सी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।
नेपाल ओमानको अल अमरातमा आयोजक ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल अल अमरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुनेछन्।
खेलहरू
• अक्टोबर ११, २०२६: क्यानडा विरुद्ध नेपाल
• अक्टोबर १३, २०२६: ओमान विरुद्ध नेपाल
• अक्टोबर १७, २०२६: क्यानडा विरुद्ध नेपाल
• अक्टोबर १९, २०२६: ओमान विरुद्ध नेपाल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |