← समाचारमा फर्कनुस्
Top Headlines Nov 16, 2026 · Swadesh

सन्दीप लामिछाने कप्तानीमा एसिया कप राइजिङ स्टार्सका लागि टोली घोषणा

सन्दीप लामिछाने कप्तानीमा एसिया कप राइजिङ स्टार्सका लागि टोली घोषणा

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १९ देखि २९, २०२६ सम्म कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

संघकाद्वारा प्रेस विज्ञप्तिमा जानकारी दिइएअनुसार टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा बिसर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सराफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, देव खनाल, सन्दीप जोरा, अविशेष गौतम, ईशान पाण्डे र राशिद खान समावेश छन्।

यस प्रतियोगिताले युवा तथा उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिने अपेक्षा गरिएको छ। नेपाली टोलीले कतारमा हुने यस प्रतियोगितामा अन्य एसियाली राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली समय अनुसार खेल तालिका 

२०२६ नोभेम्बर २० (शुक्रबार) भारत 'ए' दिउँसो ३:४५ 

२०२६ नोभेम्बर २२ (आइतबार) संयुक्त अरब इमिरेट्स बिहान ११ः४५ 

२०२६ नोभेम्बर २४ (मंगलबार) पाकिस्तान ‘ए‘ दिउँसो ३:४५  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →