स्पेनलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता, स्पेनको ४३ खेलको अपराजित यात्रा अन्त्य

युरोपियन नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले स्पेनलाई ३-२ गोलले पराजित गरेको छ। यो जितसँगै इंग्ल्यान्डले समूह ए३ को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने विश्व च्याम्पियन स्पेनको ४३ खेलको अपराजित यात्रा पनि अन्त्य भएको छ ।
म्याड्रिडको मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफको इन्जुरी टाइममा ह्यारी केनको पेनाल्टी गोलबाट अग्रता लियो। दोस्रो हाफमा ५३औं मिनेटमा एज्री कोन्साले हेडरबाट र ५७औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को सहज अग्रतामा पुर्याए ।
तर खेलको मोड ६३औं मिनेटमा फेरियो। इंग्ल्यान्डका इलियट एन्डरसनले स्पेनका लामिन यामाललाई प्रतिबन्धित क्षेत्रमा लडाएपछि रातो कार्ड पाए र स्पेनले पेनाल्टी पायो। मिकेल ओयारजाबालले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई खेलमा फर्काए । त्यसको १० मिनेटपछि निको विलियम्सले गोल गर्दै स्पेनलाई २-३ मा पुर्याए र खेल निकै रोमाञ्चक बन्यो ।
अन्तिम मिनेटहरूमा स्पेनले बराबरीको लागि निरन्तर आक्रमण गरे पनि इंग्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले केही महत्वपूर्ण बचाउ गर्दै टिमलाई जित दिलाए । यो सँगै स्पेनले सन् २०२४ मार्चयता पहिलो पटक पराजय भोगेको छ भने घरेलु मैदानमा ३९ वर्षयताको पहिलो हार सामना गरेको छ।
जितपछि इंग्ल्यान्ड समान १५ अंक भए पनि गोल भिन्नताका आधारमा स्पेनभन्दा माथि रहँदै समूह विजेता बन्यो। दुवै टिम नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |