← समाचारमा फर्कनुस्
क्रोएसिया हारेपछि पानामाको चुनौती समाप्त

क्रोएसियाले विश्वकप २०२६ मा बुधबार पानामामाथि १–० को जित दर्ता गरेको छ । यो जितले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । तर पानामा भने प्रतियोगिताबाट बाहिरिने अर्को टिम भएको छ ।
बलियो चुनौती पेस गरेको भएता पनि लगातार दोस्रो खेल गुमाएपछि पानामाको चुनौती समाप्त भएको हो । समूह एल मा इंग्ल्यान्ड र घाना चार चार अंकमा शीर्ष दुई स्थानमा छन् । त्यसपछि क्रोएसियाको तीन अंक छ । पानामा भने शून्य अंकमै रह्यो ।
टोरन्टो स्टेडियममा भएको खेलमा एक मात्र गोल एन्टे बुडिमिरको नाममा रह्यो । उनले खेलको ५४ औं मिनेटमा जोसिफ स्टानिसिचले निकालेको लो क्रसलाई सजिलै गोलमा परिणत गरे ।
समूहको अबको खेलमा पानामाले इंग्ल्यान्ड र क्रोएसियाले घानाको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women