← समाचारमा फर्कनुस्
Cricket Jul 22, 2025 · Swadesh

क्युएस अन्तरविद्यालय क्रिकेट मंसिर पहिलो सातादेखि

क्युएस अन्तरविद्यालय क्रिकेट मंसिर पहिलो सातादेखि

काठमाडौं। पहिलो क्युएस अन्तरविद्यालय क्रिकेट प्रतियोगिता मंसिर पहिलो सातादेखि सुरु हुने भएको छ। प्रतियोगिता धुम्बाराही क्रिकेट मैदानमा हुनेछ।

क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा हुने यस प्रतियोगितामा २५ वटा विद्यालयले भाग लिनेछन्। 

प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि बढाउनु, स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नु र विद्यालय तहमा रहेका प्रतिभाहरूलाई अगाडि ल्याउनु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्, जसलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

विजेता र उपविजेतालाई ट्रफीसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै व्यक्तिगततर्फ ‘प्लेयर अफ द टूर्नामेन्ट’, ‘इमर्जिङ प्लेयर’, ‘उत्कृष्ट बलर’ र ‘उत्कृष्ट ब्याटर’ को विधामा समेत सम्मान गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र खेल तालिका चाँडै सार्वजनिक गरिने आयोजकको भनाइ छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →