← समाचारमा फर्कनुस्
Cricket Feb 04, 2026 · Swadesh

महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।


क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव राम चरित्र मेहेता र क्यानका सचिव पारस खड्काले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।


जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधिको उपस्थिति रहेको थियो।


कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जर्सी प्रायोजनले खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यले टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव मेहेताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई थप सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अझ बलियो बनाउने विश्वास पनि व्यक्त गरिएको छ।


यस अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेट खेल हेर्न मैदान पुग्ने समर्थकहरूका लागि वानडे स्टेडियममा २ हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →