← समाचारमा फर्कनुस्
क्रिकेट टोलीको युएईको भिसा लाग्यो

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको युएईको भिसा लागेको छ।
नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हाे।
यसअघि युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेट टाेली प्रभावित भएका थिए। भिसा नलागेपछि शुक्रबार नै युएई प्रस्थान गर्नुपर्ने नेपाली क्रिकेट टिम रोकिएको थियो।
युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज खेल्न त्यसतर्फ जादै छ। नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग खेल्ने तालिका छ।
नेपालमा जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |