कभेन्ट्रीले छाड्यो रेलिगेसन जोन

कभेन्ट्री सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई ४–१ ल हराएर रेलिगेसन जोन छाडेको छ । लगातार दोस्रो जितपछि छ अंकमा १४ औं स्थानमा उक्लेको छ । इंग्लिस माथिल्लो डिभिजनको १ सय २७ वर्षको इतिहासमा सुरुआती चार खेल गुमाएर त्यसपछि लगातार दुई जित निकाल्ने कभेन्ट्री पहिलो टिम भएको छ ।
सीबीएस एरेनामा ज्याक रुडोनी, सिडिकी चेरिफ, एलिस सिम्स र स्टेफन एमफुनीले गोल गरे । त्यसमध्ये रुडोनीको पहिलो गोल पेनाल्टीबाट सम्भव भएको थियो । न्युकासलका लागि स्टेभन बोटमनले एक गोल फर्काए । कभेन्ट्रीले यसअघिको खेलमा नटिंघम फरेस्टलाई हराएको थियो ।
उसले न्युकासललाई अन्तिम पटक प्रिमियर लिगमा सन् २००१ मा हराएको थियो । यो जितले फ्रायन्क लाम्पार्डको कभेन्ट्रीको रेलिगेसनबाट बच्ने आधार तयार पारेको छ । न्युकासल भने आठ अंकमा १४ औं स्थानमा छ । पुछारका तीन स्थानमा अब बर्नमाउथ, टोटनहम र फुलहम छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |