← समाचारमा फर्कनुस्
Football Jun 25, 2024 · Swadesh

कोपामा कोलम्बियाको विजयी सुरुआत

कोपामा कोलम्बियाको विजयी सुरुआत

काठमाडौं । कोपा अमेरिका २०३४ मा कोलम्बिायाले विजयी सुरुआत गरेको छ। 

मंगलबार विहान सकिएको समूह डी को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए।

जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ। 

३२औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

४२औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए। ६९औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →