कोलम्बियाको सहज जित

काठमाण्डौं। कोलम्बिया कोस्टारिकालाई पराजित गर्दै कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ। युनिभरसिटी अफ फिनिक्स स्टेडियम, ग्लेनदेल शनिबार बिहान सम्पन्न खेलमा कोस्टारिकालाई ३-० गोलले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा स्थान बनाएको हो।
कोलम्बियाले खेलको ३१ औं मिनेटमा लुइस डियासको पेनाल्टी मार्फत गोल गर्दै सुरूवाती अग्रता बनाएको थियो। कोस्टरिकाका किपर र डिफेण्डरले जोन कोर्डोबालाई डि-बक्स भित्र लडाएपछि कोलम्बियाले पेनाल्टी पाएको थियो। त्यस्तै खेलको ५९ औं मिनेटमा कर्नर किकमा डाभिसन सान्चेजले हेड गर्दै अग्रता दोब्बर बनाए।
खेलको ६२ औं मिनेटमा जोन कोर्डोबाले जेम्स रेड्रिगोजको थ्रु-बलमा किपर संग वान अन वान स्थितिमा दोस्रोबारमा लक्षित प्रहारमा उत्कृष्ट गोल गर्दै ३-० को नतिजा दिलाए।
कोलम्बिया एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो। कोलम्बियले समूह चरणको अन्तिम खेल ब्राजिलसँग खेल्ने छ।
यस जितसंगै कोलम्बिया २ खेलमा २ जित सहित ६ अंक रहेको छ भने कोस्टारिका १ हार १ बराबरी पछि १ अंक सहित पुछारमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |