← समाचारमा फर्कनुस्
कोलम्बिया पुग्यो अन्तिम ३२ मा

ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको एक मात्र गोलको मदतले कोलम्बियाले विश्वकप २०२६ मा बुधबार डीआर कंगोलाई १–० ले पराजित गरेको छ । लगातार दोस्रा जित निकाल्दै कोलम्बियाले प्रतियोगिताको अन्तिम ३२ को यात्रा पनि तय गरेको छ ।
खेलको ७६ औं मिनेटमा क्रिस्टल प्यालेसका मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे । कोलम्बियाको छ अंक भएको छ र समूहको शीर्षमा रह्यो । पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ ।
कंगो एक अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो । लगातार दोस्रो खेल गुमाएको उज्वेकिस्तान शून्य अंकमा छ । उसको अर्को चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ । अबको खेलमा कोलम्बियाले पोर्चुगल र कंगो र उज्वेकिस्तानको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women