← समाचारमा फर्कनुस्
उरुग्वेलाई पराजित गर्दै २३ वर्ष पछि कोलम्बिया फाइनलमा

१० सदस्यीय कोलम्बियाले बिहिबार विहान उरुग्वेलाई १–० ले पराजित गर्दै २३ वर्षपछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
जेफरसन लेर्माको हेडर गोल नै खेलको निर्णायक गोल भएको थियो। अब कोलम्बियाले सेमबार विहान मियामीको हार्ड रक स्टेडियममा हुने फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।
ड्यानियल मुनोजलाई पहिलो हाफअघि रातो देखाए पछि खेलको दोस्रो हाफ कोलम्बियाले १० जना खेलाडीले मात्र खेलेको थियो।
खेलको ३९ औं मिनेटमा लेर्माले जेम्स रोड्रिग्वेजको कर्नरमा हेद गर्दै उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई पछि पार्दै कोलम्बियाको लागि गोल गरे र त्यो नै निर्णायक बन्यो।
कोलम्बिया आफ्नो दोस्रो कोपा अमेरिका उपाधि खोज्दैछ, उसले सन् २००१ को फाइनलमा मेक्सिकोलाई पराजित गर्दै कोपा अमेरिकाको उपाधी जितेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |