LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 28, 2026 · Swadesh

कोलम्बिया र पोर्चुगलसँगै कंगो पनि नकआउट चरणमा

कोलम्बिया र पोर्चुगलसँगै कंगो पनि नकआउट चरणमा

डीआर कंगोले उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२६ को समूह के बाट नकआउट चरणको यात्रा तय गरेको छ । एक गोलले पछाडि रहेको स्थितिबाट कंगोले यो शानदार पुर्नआगमन जित हात पारेको हो । यो जितपछि कंगो चार अंकमा तेस्रो स्थानमा रह्यो ।

उज्वेकिस्तान भने सबै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । समूहको अर्को खेलमा कम्बोडिया र पोर्चुगलले गोलरहित बराबरी खेले । दुवै टिम यसअघि नै दोस्रो चरण पुगिसकेका थिए । कोलम्बिया सात अंकमा समूह विजेता रह्यो भने पोर्चुगल पाँच अंकमा दोस्रो स्थानमा रह्यो ।

उज्वेकिस्तान इडोर सोमुरोडोभको गोलमा दसौं मिनेटमा अगाडि रह्यो । त्यसपछि योने विसकाले ६८ र इन्ज्युरी समयको पहिलो मिनेटमा दुई गोल गरे । त्यसमध्ये पहिलो गोल पेनाल्टीमा सम्भव भएको थियो । यस्तै अर्को गोल फिस्टन मायेलेले ७८ औं मिनेटमा गरे ।

विश्वकपमा कंगोको यो पहिलो जित हो र यससँगै पहिलो पटक नकआउट चरण पुग्न पनि सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group J
1 Argentina 3 7
2 Austria 3 4
3 Algeria 3 4
4 Jordan 3 1
सबै समूह →