← समाचारमा फर्कनुस्
Football Jul 03, 2024 · Swadesh

कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा

कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं । ब्राजिल कोपा अमेरिका १०१४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

लेभिस स्टेडियममा सम्पन्न समूह डी को अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-१ गोलको बराबरीमा रोकिएको हो। 

यस समूहबाट कोलम्बिया यश खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेको थियो। समूह विजेता बनेको कोलम्बियाले तीन खेलबाट अपराजित रहँदै सात अंक जोड्यो। अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अंक जोड्यो। चार अंक जोडेको कोस्टरिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरियो।

खेलको १२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। 

तर, पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जोन कर्डोबाको पासमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →