← समाचारमा फर्कनुस्
Football Jul 07, 2024 · Swadesh

कोलम्बिया सेमिफाइनलमा

कोलम्बिया सेमिफाइनलमा

काठमाडौं । कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

आइतबार विहान सम्पन्न खेलमा पानामामाथि ५–० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो। 

जोन एन्ड्रेस क्रोडोबाले खेलको आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। १५औं मिनेटमा कोलम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो। 

कोलम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरे। ४१औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रता लियो।

दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो। 

अतिरक्त समयको चौथो मिनेटमा कोलम्बियाका लागि मिगुएल ब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कन पुग्यो। कोलम्बियाले अब सेमिफाइनलमा उरुग्वेसँग खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →