← समाचारमा फर्कनुस्
Football Jul 31, 2026 · Swadesh

हङकङ फुटबल फेस्टिभल २०२६ सुरु, सिटी र इन्टर भिड्दै

हङकङ फुटबल फेस्टिभल २०२६ सुरु, सिटी र इन्टर भिड्दै

हङकङको काई टाक स्टेडियममा शुक्रबार म्यानचेस्टर सिटीको खुला अभ्याससँगै हङकङ फुटबल फेस्टिभल २०२६ को सुरुवात भएको छ। २०,००० भन्दा बढी समर्थकले फिल फोडेन, साभियो र जोस्को ग्वार्डिओलजस्ता स्टार खेलाडीहरूले अभ्यास गरेको अवलोकन गर्दै आनन्द लिएका थिए।


म्यानचेस्टर सिटीले  गत सिजनको सेरी ए विजेता इन्टर मिलानसंग भोली शनिबार अगस्ट १, साँझ ७:३०मा (स्थानिय समय) ‘असाही सुपर ड्राई ट्रफी’ अन्तर्गत हुनेछ। सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्का र इन्टरका प्रशिक्षक क्रिस्टियन किभुले खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन्। इन्टरका फेडेरिको डिमार्को र नयाँ साइनिङ अलेक्जान्डर स्टान्कोभिच मुख्य आकर्षण रहनेछन्।


खेल तालिका:

· असाही सुपर ड्राई ट्रफी – म्यानचेस्टर सिटी बनाम इन्टर मिलान: किक–अफ साँझ ७:३० बजे, शनिबार, अगस्ट १, २०२६।

· द हर्बाल्जी ट्रफी – चेल्सी र जुभेन्टस: किक–अफ साँझ ७:३० बजे, बुधबार, अगस्ट ५, २०२६।



टिकट मूल्य हङकङ $ ३९९ देखि २,९९९ सम्म रहेको छ।


गत वर्षको फेस्टिभलले हङकङलाई ४३.७ मिलियन हङकङ डलरको आर्थिक फाइदा पुर्याएको थियो। यो ‘एम’ मार्क आयोजनाको रूपमा हङकङलाई एसियाको खेलकुद राजधानी बनाउने अभियानको हिस्सा हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →