असार २९ देखि सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप

काठमाडौं। नेक्सोभा स्पोर्टस प्रालिको आयोजनामा हुने सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असार २९ देखि ३२ गतेसम्म हुने भएको छ।
बुढानिलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्टस पाकएमा हुने प्रतियोगितामा १६ क्लबको सहभागिता रहने भएको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।
सिटी सिपको सहयोगमा नेक्सोभा स्पोर्टसले इन्डोर क्रिकेटको प्रवद्र्धन गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको हो।
इन्डोर क्रिकेट मनसुनमा पनि खेल्न मिल्ने भएकाले यसले राजधानीमा क्रिकेटको माहोललाई जीवितै राख्ने आयोजकले बताएकाे छ।
प्रतियोगिताका लागि खुलारूपमा खेलाडी दर्ता गर्न सकिनेछ। जसमा घरेलु देखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउन पाउनेछन्। पाँच लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन्।
यसैगरी उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कार प्रदान गरिनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |