सिटी उपाधी नजिक

टोटनह्यामलाई २–० ले हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधी नजिक पुगेको छ । यस जितले प्रतिद्वन्द्वी आर्सनलको उपाधि जित्ने होडलाई न्युन बनाएको छ। सिजनको अन्तिम खेलले यस सिजनको विजेता तय गर्ने भएको छ।
टोटनह्यामको घरेलु मैदाननी भएको खेलमा सिटीको जितका लागि दुबै गोल हालाण्डले गरेको थियो
खेलको ५१औं मिनेटमा हालाण्डको गोलमा सिटीले अग्रता बनाए। उनले केभिन डिब्रुनाको क्रसमा ट्यापइन गोल गरेको थियो। त्यस्तै खेलको ईन्जुरी समयमा पाएको पेनाल्टीमा हालाण्डले नै गोल गर्दै २-० गोलमा पुऱ्याए। टोटनह्यामका डिफेण्डरले सिटीका जेरिमी डोकुलाई डि-बक्समा लडाएपछि सिटीलाई पेनाल्टी दिएको थियो।
यस जित संगै सिटी ३७ खेलमा २७ जित ७ बराबरी र ३ हारमा ८८ अंक सहित शिर्ष स्थानमा छ भने आर्सनल ३७ खेलमा २७ जित ५ बराबरी र ५ हारमा ८६ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
अब उपाधिका लागि सिटीले अन्तिम खेल जित या बराबरी गरेमात्र पनि पुग्छ तर आर्सनलको लागी अन्तिम खेलमा सिटीको हार र आफुले खेल जित्नु पर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |