← समाचारमा फर्कनुस्
Football Aug 06, 2024 · Swadesh

यु-१८ युथ लिग : चर्च ब्वाइज र थ्री स्टार विजयी

यु-१८ युथ लिग : चर्च ब्वाइज र थ्री स्टार विजयी

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन्।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा थ्री स्टारले सादोबाटो युथ क्लबमाथि ३-० को जित हासिल गरेको हो।

थ्री स्टारको जितमा सनिल स्याङताङ, रोमन श्रेष्ठ र चित्रबहादुर नेपालीले गोल गरे।

जितसँगै थ्री स्टारले सात खेलमा १० अंक जोडेको छ। पाँचौं हार ब्यहोरेको सातदोबाटोको समान खेलबाट चार अंक छ।

खेलको आठौं मिनेटमा सनिलको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो। १४औं मिनेटमा रोमनले टोलीको अग्रता दोब्बर बनाए।चित्रले ५७औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सहज जित दिलाए । 

यस्तै अर्को खेलमा चर्च ब्वाइज युनाइटेड एफसी खुमलटारमाथि २-१ को को जित हासिल गरेको छ।

चर्च ब्वाइजको जितमा सन्दीप ठाडामगर र आभास रोकाले गोल गरे। यता खुमलटारका लागि एलिक श्रेष्ठले गरेको गोल सान्त्वना बन्यो।

जितसँगै चर्च ब्वाइजले सात खेलमा १३ अंक जोडेको छ। छैटौं हार ब्यहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ।

खेलको ५०औं मिनेटमा सन्दीपको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो। उक्त गोल गरेको सात मिनेटपछि नै एलिकले खुमलटारलाई बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा आभासले गोल गर्दै खुमलटारलाई जित दिलाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →