← समाचारमा फर्कनुस्
चर्च ब्वाइज र पारो एफसी भिड्दै

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटमा चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेस्वस्थित दशरथ रंगशालामा मंगलबार (आज) हुने यी दुई टोलीबीचको खेल साझाँ ६ बजेबाट सुरु हुनेछ।
दोस्रोपटक नेपाल आएको पारो एफसी यसपटक भने चर्चमाथि विजयी निकाल्ने दाउँमा रहेको छ। अघिल्लो वर्ष पारो पहिलो राउन्डमा मच्छिन्द्र फुटबल क्लबलसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। यस्तै चर्च पनि घरेलु मैदानमा पारोलाई हराउँने योजनामा रहेको छ।
सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |