← समाचारमा फर्कनुस्
Football Jul 17, 2024 · Swadesh

चर्च ब्वाइजको पहिलो जित

चर्च ब्वाइजको पहिलो जित

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चर्चले थ्री स्टार क्लबलाई १–० गोलले पराजित गरेको हो। 

चर्च ब्वाइजको जितमा अमनबहादुर तामाङले गोल गरे। उनले पहिलो हाफको ४५औं मिनेटमा गोल गरेको गोल नै निर्णयक बन्यो।

जितसँगै चर्च ब्वाइजले दोस्रो खेलमा जित हासिल गर्दै तीन अंक जोडेको छ। यसअघि चर्च ब्वाइज पहिलो खेलमा न्युरो टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो। 

यता, पराजित थ्री स्टारले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ। यसअघि थ्री स्टार लिगको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोल अन्तरले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →