← समाचारमा फर्कनुस्
Cricket Nov 26, 2025 · Swadesh

विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पहिलो हार ब्यहोरेको छ। विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो।


त्रिवि क्रिकेट रंगशालामा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।५ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो। 


विराटनगरको लागि मार्चान डे लाङ्गेले ३९ रन बनाए। यस्तै, प्रतिश जिसीले ३० रन बनाए। उनले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। सामले २२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। 


यता, चितवनका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए। कमल एैरी दुई, कप्तान कुशल मल्ल, सहिल तनबिर र सइब जैबले समान एक विकेट हात पारे। 


त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएपछि विराटनगरले १७५ रनको लक्ष्य पाएको हो।


चितवनका लागि रबि बोपराले अर्धशतकिय पारी खेले उनले २९ बलमा ५० रन पूरा गरेका थिए। उनि ३८ बलमा ६५ रन बनाउँदै आउट भए। बोपराले ४ चौका र ३ छक्का प्रहार गर्दै अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए।


यस्तै सइब जैबले ३० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए। देव खनालले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदा ओपनर दिपक बोहरा ५, डेविड मलानलानले ९ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाएर आउट भए। कप्तान कुशल मल्ल १४ बलमा २० रन बनाएर अविजित रहे।


यता, विराटनगरको लागि कप्तान सन्दीप लामिछाने मार्चान डे लाङ्गेले समान दुई विकेट हात पारे। 


जितसँगै चितवनले तीन खेलमा दुई जित र एक हारसहित चार अंक जोडेको छ। पराजित विराटनगर चार खेलमा तीन जित र एक हारसहित ६ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →