← समाचारमा फर्कनुस्
Cricket Dec 14, 2024 · Swadesh

जनकपुरमाथि चितवनको जित, प्लेअफको सम्भावना बलियो

जनकपुरमाथि चितवनको जित, प्लेअफको सम्भावना बलियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले प्ले अफमा पुगेको जनकपुरलाई पराजित गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको विशाल लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो। 

जनकपुरलाई ३२ रनले पराजित गरेको चितवनको प्लेअफको सम्भावना कायम रहेको छ भने विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्। चितवनले सात खेलबाट आठ अंक बनाएको छ। पराजित जनकपुर समान खेलबाट १० अंक रहेको छ।

जनकपुरका लागि अराउन्डर जिमि निसमले सानदार पारी खेले पनि टोलीको जितको लागि प्रयाप्त भएन। १८ बलमा अर्धशतका प्रहार गरेका उनले ६५ रनमा आउट भए। उनले २४ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे। 

यस्तै ओपनर आसिफ शेखले २३ रन बनाउँदा कप्तान अनिल कुमार शाहले आठ रन बनाए। शुभस कंसकारले १५ रन बनाए। 

यता चितवनको जितमा बलिङतर्फ कप्तान कुशल मल्ल, सोहिल तानबिर र  रिजन ढकालले समान दुई विकेट लिए भने अम्मर राउटेलाले एक विकेट हात पारे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो।

उसका लागि कप्तान मल्लले सानदार पारी खेले। ४१ बलको सामना गरेका मल्लले ७२ रन बनाए। उनले तीन चौका सात छक्का प्रहार गरे। उनि जिमि निसमको बलमा जनकपुरका कप्तान अनिल कुमार शाहको हातबाट क्याच आउट भए।

यस्तै रबि बोपराले ४४ रनको पारी खेले। उनले कुशलसँग मिलेर चौथो विकेटको लागि ११३ रनको शतकीय साझेदारी गरे। 

ओपनर हसन इशाखिल २८ रन बनाउँदा सन्तोष कार्की १४ बनाए।

यता बलिङ जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए। हर्ष ठाकर र जिमि निसमले समान एक एक विकेट हात पारेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →