← समाचारमा फर्कनुस्
Cricket Nov 26, 2025 · Swadesh

चितवन र विराटनगर आज आमनेसामने

चितवन र विराटनगर आज आमनेसामने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि एक खेल हुँदैछ। दिउँसो ४ बजेदेखि हुने खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

जारी प्रतियोगितामा विराटनगर किंग्स शानदार फर्ममा छ। उसले खेलेका तीनै खेल जित्दै तालिकामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्यस्तै चितवन राइनोजले दुई खेलमा एक जित र एक हारको नतिजा ल्याएको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसीजस्ता राष्ट्रिय खेलाडीको उपस्थिति छ। उता कुशल मल्लको नेतृत्वमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनालजस्ता प्रतिभावान राष्ट्रिय खेलाडीहरू छन्।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →