← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2025 · Swadesh

डेबिड र अर्जुनको अर्धशतक, जनकपुरलाई १७७ रनको लक्ष्य

डेबिड र अर्जुनको अर्धशतक, जनकपुरलाई १७७ रनको लक्ष्य

काठमाडौँ। ओपनर द्वय डेबिड मलान र अर्जुन साउदको अर्धशतको सहयोगमा चितवन राइनोजले जनकपुर वोल्ट्सलाई १७७ रनको चुनौपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।


त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभमार ४ विकेट गुमाए १७६ रन बनायो। चितवनका लागि ओपनर डेबिड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। उनिलाई माज सदाकतले १८.२ ओभरमा एलभि डब्लु धरापमा पारे।


अर्का ओपनर अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनार क्याच आउट भए। अर्जुन र डेबिडले पहिलो विकेटका लागि ११२ रनको शतकिय साझेदारी गरे। अर्जुज १३.४ ओभरमा आउट भए।


यस्तै, रभी बोपरा तीन, सेप जैब ७ तथा कप्तान कुशल मल्ल ३० रनमा अविजित रहे। उनले दुई चौका र दुई छक्का प्रहार गरे।


यता, जनकपुरको लागि अनिल शाह, रुपेश सिंह, माज सदाकतले र जान निकोलले समान एक विकेट हात पारे। यसअघिका चारै खेलमा पराजय ब्यहोरेको जनकपुर निकै दबाबमा छ भने प्ले अफको प्रवेश सम्भावना कायमा राख्न चितवनलाई जित्नै पर्ने दबाब छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →