चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मंगलबार टिमको लोगो सार्वजनीक गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सिङ्गे गैडा र जैविक विविधतालाई लोगोमा झल्काईएको छ । लोगोले चितवनको ह्दयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टिमले जनाएको छ ।
चितवन राईनोजले मैदान उत्रदा आफ्नो समुदायको भावनालाई साथमा लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका लागि प्रयास गर्ने बताएको छ । टिमले यस रोमाञ्चक यात्रामा जोडिन, क्रिकेटको माध्यमबाट एकसाथ उत्सव मनाउन र आफ्नो आधारभुमीलाई सम्मान गर्दै एउटा महान लक्ष्यका साथ अघि बढ्न सम्पुर्णमा अपिल समेत गरेको छ ।
चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताएका छन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौं । खेलकुदलाई स्वास्थ्यसँग जोड्दै क्रिकेट विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो ।’ उनले भनेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |