← समाचारमा फर्कनुस्
एनपीएल सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स चितवन राइनोजको को–स्पोन्सरमा निरन्तर

चितवन राइनोजले नेपाल प्रिमियर लिग सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो को–स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ।
यो साझेदारीले हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवद्र्धनप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
यस अवसरमा चितवन राइनोजका क्लब अध्यक्ष श्री आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सुश्री अञ्जु श्रेष्ठले समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर गर्नुभएको छ।
चितवन राइनोजले निरन्तर विश्वास र समर्थनका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सप्रति हार्दिक आभार व्यक्त गर्दै एनपीएल सिजन ३ का लागि थप सफल र प्रभावकारी सहकार्यको अपेक्षा गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |