← समाचारमा फर्कनुस्
Cricket Aug 10, 2025 · Swadesh

एनपिएल मिनि अक्सन : धेरै खर्च गर्ने टोली चितवन राइनोज

एनपिएल मिनि अक्सन : धेरै खर्च गर्ने टोली चितवन राइनोज

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को मिनि अक्सनमा ८ फ्रेन्चाइजी टोलीले ३७ खेलाडी किनेका छन्। 


शनिबार सम्पन्न अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टोली चितवन राइनोज बन्यो भने सबैभन्दा कम खर्च गर्ने टोली पोखरा एभेन्जर्स रह्यो।


चितवनले ३९ लाख खर्च गर्दै ओपनरद्वय देव खनाल र अर्जुन साउदलाई १५–१५ लाखमा किनेको छ। टिमको बाँकी पर्स १९ लाख रुपैयाँ छ।


काठमाडौं गुर्खाजले ३७ लाखमा ५ खेलाडी किनेका छन्, जसमा उत्तम थापामगर, तिलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र अदिल आलम अन्सारी छन्। बाँकी पर्स ६ लाख मात्रै रहेको छ, जुन सबै टिममध्ये सबैभन्दा कम हो।


पोखरा एभेन्जर्सले भने सबैभन्दा कम खर्च गर्दै (११ लाख) ४ खेलाडी अनुबन्ध गर्‍यो। पोखराले अभिषेक तिवारी, अर्जुन कुँवर, कृष्ण पौडेल र सन्दीप खत्री छेत्री टोलीमा भित्र्याएको हो। पोखराको पर्समा २५ लाख ५० हजार बाँकी छ, जुन सबैभन्दा धेरै हो।


विराटनगर किंग्सले २७ लाखमा ५ खेलाडी भित्र्यायो। स्पिनर सूर्य तामाङसहित साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अक्सनबाट विराटनगरमा भित्रिए। विराटनगरसँग बाँकी रकम १८ लाख ५० हजार छ।


लुम्बिनी लायन्सले ३२ लाखमा ५ खेलाडी अनुबन्ध गर्‍यो। जसमा दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, अदिल खान र दुर्गेश गुप्ता छन्। बाँकी रकम १३ लाख २५ हजार छ।


साबिक विजेता जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै सचिन भट्ट, आदित्य महतो, मयन यादव र विकाश अग्रीलाई भित्र्यायो। बाँकी रकम लुम्बिनी सरह १३ लाख २५ हजार छ।


कर्णाली याक्सले २९ लाखमा पवन सर्राफ, इमरान शेख, दीपक पुन र युवराज खत्रीलाई अनुबन्ध गर्‍यो। बाँकी रकम १८ लाख छ। साबिक उपवजितेता सुदूरपश्चिम रोयल्सले २४ लाखमा हेमन्त धामीसहित ५ खेलाडीलाई टोलीमा भित्र्याएको छ। 


टोलीले टेकबहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहरा र मिलन बोहरामाथि खर्च गर्‍यो। बाँकी रकम १७ लाख ५० हजार छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →