← समाचारमा फर्कनुस्
Cricket Dec 10, 2024 · Swadesh

चितवनलाई १६८ रनको लक्ष्य, रोहितले बनाए ८० रन

चितवनलाई १६८ रनको लक्ष्य, रोहितले बनाए ८० रन

काठमाडौं । लुम्बिनी लायान्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएपछि चितवनले १६८ रनको लक्ष्य पाएको हो। 

लुम्बिनीका लागि रोहितले ८० रनको अर्धशतकीय पारी खेले। उनले बलमा ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे।

यस्तै साद बीनले ५२ रनको अर्धशतकीय पारी खेले। त्यसअघि अर्जुन साउद १५ रनमा आउट हुँदा टोम मोरिसले १० रन बनाए। 

पाँचौँ विकेटका लागि कप्तान रोहित साद बीन जफरले ११४ रनको सानदा साझेदारी गरे। 

यता, चितवनका लागि बलिङतर्फ रिजन ढकाल तीन, कुशल मल्ल र रञ्जित कुमारले समान एक एक विकेट लिए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →