← समाचारमा फर्कनुस्
Cricket Nov 18, 2025 · Swadesh

चितवनको विजयी सुरुआत

चितवनको विजयी सुरुआत

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा जित हात पारेको छ। 


मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो। योसँगै चितवनले २ अंक जोडेको छ।


चितवनका रवी बोपाराले सर्वाधिक ५२ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। 


ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए। सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे।


कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीले समान एक १ विकेट लिए।


त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।


कर्णालीका प्रियांक पाञ्चलाले सर्वाधिक ९० रन बनाए। डेब्यु खेल खेलिरहेका उनी शतकबाट १० रनले चुके। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।


म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट भए। पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपेपछि कर्णालीले खातामा १६६ रन पुर्‍याएको हो।


चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →