← समाचारमा फर्कनुस्
Cricket Dec 08, 2024 · Swadesh

चितवनले लगायो सुदूरको अपराजित यात्रामा पूर्णविराम

चितवनले लगायो सुदूरको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रालाई पूर्ण विराम लगाएको छ। 

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमा समेटियो। यो सँगै सुदूर ३३ रनले पराजित भएको हो।

सुदूरका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। उनले २८ बलमा चार चौका र एक छक्का प्रहार गरे। 

यस्तै, सेभ जइबले १८ रन बनाउँदा ब्रेन्डन म्याकमुलनले १३, दिलप्रित बाजवा १२ र विनोद भण्डारीले १० रन बनाए। नरेन साउत १० रनमा आउट भए। 

यता, बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, अमर राउटेला, रिजन ढकाल जान निकोलले समान दुई विकेट लिए। सहेल तन्बिरले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर १६४ रन बनाएपछि सुदूरले १६५ रनको लक्ष्य पाएको थियो।

चितवनका लागि हसन एइसाखिलले अर्धशतक प्रहार गरेका थिए। ५२ बलको सामना गरेका उनले ६ चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाएर आउट भए। 

यस्तै रवि बोपाराले ३६ रन बनाउँदा बिपिन रावल १७, कप्तान कुशल मल्ल १३ र ओपनर सान्तोष कार्कीले ९ रन बनाएर आउट भए। 

बलिङतर्फ सुदूरका लागि स्कट कुग्गेलिजनले दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन, सेभ जइब र कप्तान दिपेन्द्रसिंक ऐरीले समान एक एक विकेट लिए। 

सुदूरले जारी प्रतियोगितामा पहिलो पराजय ब्यहोरेको छ भने चितवनले दोस्रो जित हासिल गरेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →