लुम्बिनी र चितवनले अंक बाडे

दोस्रो हाफको इन्ज्युरी समयमा सम्हालिन नसक्दा एफसी चितवनले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को अंक तालिकाको तेस्रो स्थानमा पुग्ने मौका गुमाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा शुरूआती अग्रता चितवनले लिएपनि बुटवल लुम्बिनी एफसीले इन्ज्युरी समयमा कमब्याक गर्दै जित खोसेको हो।
चितवनका लागि उत्सव राईले गोल गरे। लुम्बिनीका लागि स्टेफन समिर बिनोङले गोल फर्काए। बराबरीसँगै चितवन पाँचौँ स्थानमा यथावत् रह्यो। चितवनको ४ खेलमा ५ अंक भएको छ। यता, लुम्बिनीको ३ अंक रहेको छ। चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० गोलले पाजित भएको थियो। दोस्रो खेलमा काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी खेल्दै चितवनले अंक बाँडेको थियो। तेस्रो खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै चितवनले जनको पहिलो जित निकालेको थियो।
यता, बुटवलले शुरूआती दुईखेलमा पराजय भोगेको थियो भने तेस्रो खेलमा स्पोर्टिङ इलाम एफसी डी मेचीलाई २–१ गोल अन्तगरले पराजित गर्दै पहिलो जित हासिल गरेको थियो।
खेलको १९औँ मिनेटमा वीरगन्जका लागि अफ्रिइ एक्वाले प्रहार गरेको फ्रिकिकलाई बुटवलका गोलक्षक मोहमोदुले बचाए। लगतै काउन्टर अट्याकमा बुटवलका स्टेफन समिर बिनोङले गरेको प्रहारलाई चितवनका गोलरक्षक विशाल श्रेष्ठले बचाए।
४०औँ मिनेटमा उत्सव राईले दिएको कट पासमा रफिक अमिनुले गरेको प्रहार आकाशियो। त्यसको दुई मिनेटमै अफ्रिइले दिएको पासमा बिमल घर्तीमगरले वान भर्सेस वानमा गोल गर्ने चुके।
४९औँ मिनेटमा चितवनले अग्रता लियो। बुटवलका गोलरक्षक मोहमोदुले आफ्नो खेलाडीलाई दिएको पास फितलो हुँदा करिब २५ यार्डमा रहेका उत्सवले सिधै गोल गरे। डेब्यू प्रतियोगिता खेलिरहेका उत्सवको यो पहिलो गोल हो।
५३औँ मिनेटमा बुटवलले खेलमा फर्किने अवसर गुमायो। बिनोङले लेफट कर्नर साइटबाट गरेको प्रहार चितवनका गोलरक्षक विशालले सहजै नियन्त्रणमा लिए।
७८औँ मिनेटमा बुटवलका कप्तान एरिक विष्टले गरेको प्रहार दोस्रो बारनजिकबाट बाहिरियो। उनले जिलेस्पीजंग कार्कीको पासमा डीबक्सबाट उक्त बल प्रहार गरेका थिए। ८१औँ मिनेटमा मणिकुमार लामाले करिब ३५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई विशालले पञ्च गर्दै खेलमा चितवनको अग्रता कायमै राखे। ९०औँ मिनेटमा सर्जी सङले डीबक्सनजिकबाट गरेको प्रहार दोस्रो बारनजिकबाट बाहिरियो।
दोस्रो हाफमा थप गरिएको पहिलो मिनेटमा चितवनका डिफेन्स बलमा अल्झिदा समिरले जाली चुमाउँदै लुम्बिनीलाई खेलमा फर्काए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |