← समाचारमा फर्कनुस्
Football Jan 20, 2026 · Swadesh

चित्लाङ र पुलिसले अंक बाँडे

चित्लाङ र पुलिसले अंक बाँडे

काठमाडौं। चित्लाङ फुटबल क्लबले राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ। 


सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। 


जितसँगै लिगमा चित्लाङले दुई खेलबाट चार अंक जोडेको छ भने पुलिसले समान खेलबाट पहिलो अंक हात पारेको छ। 


खेलको ४१औं मिनेटमा म्याथ्यु बाबाटुन्डे ओलान्रेवाजुले आकर्षक गोल गर्दै चित्लाङलाई अग्रता दिलाए। तर, खेलको ८६औं मिनेटमा चित्लाङका खेलाडीबाट भएको आत्मघाती गोलका कारण पुलिस बराबरीमा फर्किन पायो। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →