← समाचारमा फर्कनुस्
Cricket Jun 02, 2024 · Swadesh

सप्तरी प्रिमियर लिग-६ : छिन्नमस्ता र कन्चनरुप विजयी

सप्तरी प्रिमियर लिग-६ : छिन्नमस्ता र कन्चनरुप विजयी

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी भएका छन्। 

आज सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज राजदेवी एघारलाई ६ विकेटले पराजित गर्दै लगातार दोश्रो जित दर्ता गर्यो। राजविराज राजदेवीले दिएको ६९ रनको लक्ष्य छिन्नमस्ताले ९.५ ओभरमा ४ विकेट गुमाएर भेटायो। 

लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ताको लागि मयन यादवले सर्वाधिक ४२ रन बनाए जुन क्रममा उनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। सुमित नेवारले ११ तथा भिम शार्कीले ८ रन योगदान दिए। राजविराज राजदेवी का रिजन ढकालले २ विकेट तथा श्रवन यादव र जितेन्द्र यादवले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग रोजेको राजविराज राजदेवी एघारले १६.३ ओभरमा ६८ रनमा सबै विकेट गुमायो। राजदेवीको लागि विजय यादवले १६, दिलिप नाथले १४ तथा श्रवन यादवले १० रन योगदान दिए। 

छिन्नमस्ताको बलिंगमा प्लेयर अफ द म्याच घोषित गुनानन्दले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। बिशाल पटेल, मोहम्मद सोहेल र भिम शार्कीले समान २ विकेट लिए। 

आजको दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई २० रनले पराजित गर्यो। १५३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्र बनायो। 

लक्ष्य पछ्याउने क्रममा बलान बिहुलका बब्बु गोठीयाले ५८ रन बनाएता पनि जित्न पर्याप्त रहेन। उनले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।साहिल पटेलले १३, सन्तोष कार्कीले १२ तथा बिबेक यादवले ११ रन बनाए। कन्चनरुपको बलिंगमा दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। राहुल मण्डलले ३ तथा चित्र बहादुर बिस्ट र अरनिको यादवले १/१विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग गरको कन्चनरुपले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो। 

कन्चनरुपको लागि कप्तान राशिद खानले सर्वाधिक ३९ रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै प्लेयर अफ द म्याच घोषित राहुल मण्डलले २४ बलमा ४ छक्का मद्दतले ३७ रन बनाए। राकेश कामतले २९ तथा महानन्द यादवले १९ रन योगदान दिए। बलान बिहुलको बलिंगमा सन्तोष कार्की एक्लैले ५ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १७ रन खर्चिए। साहब आलमले १ विकेट लिए। 

आजको जितपछि छिन्नमस्ता लायन्स दुई खेलमा दुवै जित सहित अंकतालिकाको शिर्षमा छ। समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा तिरुहुत टाइगर्स दोश्रो, कन्चनरुप राइनोज तेश्रो तथा राजविराज राजदेवी एघार चौंथो स्थानमा छ। अंकविहिन बलान बिहुल पाँचौ र सनराइज एघार तिलाठी कोइलाडी अन्तिम स्थानमा छ। 

प्रतियोगिता अन्तर्गत चौंथो दिन सोमबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे हुने पहिलो खेलमा कन्चनरुप राइनोज र तिरहुत टाइगर्स तथा दिउँसो १:३० बजेको दोश्रो खेलमा सनराइज एघार तिलाठी कोइलाडी र छिन्नमस्ता लायन्स प्रतिस्पर्धा गर्नेछन्। 

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →