← समाचारमा फर्कनुस्
Cricket May 30, 2023 · Shishir

आईपीएलको उपाधि चेन्नईलाई

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौं- चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

यो संगै चेन्नईले २०१०, २०११, २०१८ ,२०२१ र २०२३ गरि पाचपटक आइपिएलको उपाधि जितेको छ।

उपाधि जित्नका लागी २१५ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले ब्याटिंग गर्दै सुरुवाती ३ बलमा ४ रन बनाउदा वर्षाले खेल रोकिएको थियो ।

यसअघि टस हारेर गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

गुजरातका लागि साई शुदर्शनले सर्वाधिक ९६ रन बनाए। त्यस्तै ऋद्धिमान शाहले ५४ रन बनाए । शुभमन गिलले ३९ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १-१ विकेट लिए ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →