← समाचारमा फर्कनुस्
आइपिएलमा चेन्नाई पहिलो जित

काठमाडौँ- भारतमा जारि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अन्तर्गत चेन्नाई सुपर किंग्सले पहिलो जित निकालेको छ।
चेन्नाईले लखनउ सुपर जाइन्टलाई १२ रनले पराजित गरेको हो।
चेन्नईले दिएको २१८ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै २०५ रन मात्र बनायो।
लखनउका लागि काइल मेयर्सले सर्बाधिक ५३ रन बनाउदा निकोलस पुरनले ३२ रन बनाएका थिए । त्यस्तै आयुष बदानीले २३ र कप्तान केएल राहुलले २० रन बनाए।
चेन्नईका मोइन अलीले सर्वाधिक ४ विकेट लिदा तुसार देशपाण्डेले २ तथा मिचेल सान्टनरले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ५७,डेभोन कोनवेले ४७, शिभम दुवेले २७ र अम्बाती रायडुले २७ रन बनाए।
लखनउका लागी रवि विश्नोई र मार्क वूड़ले ३-३ विकेट लिदा अभेस खानले एक विकेट लिए।
यो संगै पहिलो खेलमा पराजित भएको चेन्नाईले पहिलो जित निकाल्दै दुईअंक जोडेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |