चेन्नईले मुम्बईलाई हरायो

काठमाडौ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा राति समपन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई परादित गरेको छ।
चेन्नईले घरेलु टोलि मुम्बईलाई ७ विकेटले पराजित गरेको हो।
जितका लागी १५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
उसका लागी अजिक्या रहाणेले सर्वाधिक ६१ रन बनाउदा ऋतुराज गायकवाड ४० रन बनाए। त्यस्तै अम्बाती रायुडू २० रनमा अविजित रहे ।
मुम्बईका जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
उसका लागी ईशान किशनले सर्वाधिक ३२ रन बनाउदा डेविडले २१ रन त्यस्तै तिलक बर्माले २२ रन बनाए।
चेन्नाईका लागी रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिदा मिचेल सान्टनार र तुषार देशपान्डेले समान २-२ विकेट लिए ।
मुम्बईको यो लगातार दोस्रो हार हो।उता चेन्नाईको लगातार दोस्रो जित हो। चेन्नाईले लिगमा ३ खेलबाट ४ अंक बटुल्दा मुम्बई अंकविहिन रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |