← समाचारमा फर्कनुस्
Football Dec 17, 2023 · Nepalsports

चेल्सीको सहज जित

चेल्सीको सहज जित

 इंग्लिस प्रिमियर लिगमा चेल्सीले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।शनिबार राती भएको खेलमा चेल्सीले सेफिल्डमाथि २-० को सहज जित निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा चेल्सीका लागि कोले पाल्मेर र निकोलस ज्याक्सनले गोल गरेका थिए । 

खेलको ५१ औं मिनेटमा पाल्मेरले रहिम स्टर्लिङको क्रसमा ट्यपइन गक्दै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यस्तै खेलको ६१ औं मिनेटमा पाल्मेरको क्रसमा ज्याक्स गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । 

जितसँगै चेल्सी १७ खेलमा २२ अंक जोड्दै १० औं स्थानमा उक्लिएको छ । हार ब्यहोरेको सेफिल्ड १७ खेलबाट ८ अंकाका साथ पुछारमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →