चेल्सी र छाहरी स्कुललाई उपाधि

काठमाण्डौं । बोधी सदन सेकेन्डरी स्कुल कपनको आयोजनमा सम्पन्न अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि चेल्सी वर्ल्ड स्कुल र छाहरी स्कुल काठमाडौंले जितेको छ ।
कपन स्पोर्ट्स सेन्टरमा सोमबार सम्पन्न खेलमा जोरपाटी अतरखेलको चेल्सीले नितेन मेमोरियल हाई सेकेन्डरी स्कुल टोखा र जोरपाटीको छाहरीले आयोजक बोधी सदनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
चेल्सीले सडन डेथमा नितेनलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो हाफमा साहिल तामाङले गोल गर्दै नितेन मेमोरियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विमर्श बम ठकुरीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो । जसमा चेल्सीले बाजि मार्यो ।

चेल्सीका आदित्य साह, पल्लभ लामा, मानस सापकोटा र विमर्श बम ठकुरीले गोल गरे । नितेन मेमोरियलका सुमन सुनार, अर्जुन नेपाली र विवेक थापाले गोल गरे । नितेन मेमोरियलका करण नेपालीको प्रहार चेल्सीका यशराज साहले बचाए ।
अर्को खेलमा बोधी सदनले छाहरीलाई २–० गोल अन्तरले पाखा लगायो । छाहरीका डिक्की स्याङ्बो तामाङ र सविना घिसिङले समान एक गोल गरिन् । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी विमर्श बम ठकुरी घोषित भए । उत्कृष्ट गोलरक्षक नितिन मेमोरियलका साजन दनुवार चुनिए ।
महिलातर्फ उत्कृष्ट खेलाडी छहारीकी डिक्की स्याङ्बो तामाङ घोषित भइन् । उत्कृष्ट गोलरक्षक बोधी सदनकी अस्मिता खतिवडा चुनिइन् । प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |