च्याम्पियन्स लिग अन्तिम १६ को समिकरण पुरा

च्याम्पियन्स लिग अन्तरगत गए राती भएको समुह चरणको अन्तिम खेलहरू सकिएलगतै अन्तिम १६ छनोट अपडेटः
समुह ‘ई’
एथलेटीको म्याड्रडले लाजियोलाई २-० गोलले पराजित गरेको छ। अर्को खेलमा सेल्टिकले फेयनुर्डलाई २-१ गोलले पराजित गरेको छ।
यस समुहबाट एथलेटीको म्याड्रड १४ अंक सहित विजेता र लाजियो १० अंक सहित उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।
समुह ‘एफ’
डोर्टमुन्ड र पीएसजी १-१ को बराबरी खेलेको छ। दोस्रो खेलमा एसी मिलानले न्युकासललाई २-१ गोले पराजित गरेको छ।
यस समुहबाट डोर्टमुन्ड ११ अंक सहित विजेता र पीएसजी ८ अंक सहित उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।
समुह ‘जी’
म्यानचेस्टर सिटीले क्रभेनालाई ३-२ गोलले पराजित गरेको छ। लाइपजिंगले योंगब्योईजलाई २-१ गोलले परादित गरेको छ।
यस समुहबाट म्यानचेस्टर सिटी १८ अंक सहित विजेता र लाइपजिंगले १२ अंक सहित उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।
समुह ‘एच’
पोर्टोले सख्तरलाई ५-३ गोल अन्तरले पराजित गरेको छ भने रोयल एन्तवर्पले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको छ।
यस समुहबाट बार्सिलोना १२ अंक सहित विजेता र पोर्टो पनि १२ अंक तर गोल भिन्नताका कारण उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।
यस अधि छनोट भईसकेका टोलीहरू
समुह ‘ए’
बायर्न म्युनिख (विजेता)
कोपेनहेगन (उपविजेता)
समुह ‘बी’
आर्सनल (विजेता)
पिएसभी इन्भधोभेन (उपविजेता)
समुह ‘सी’
रियल म्याड्रिड (विजेता)
नापोली (उपविजेता)
समुह ‘डी’
रियल सोसीडेड (विजेता)
इन्टर मिलान (उपविजेता)
अन्तिम १६ को खेलहरू आउदो फोबुअरी महिनाको १३ २०२४ देखि सुरू हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |