काभा यु–२० महिला भलिबल टोलीको घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ।
टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन्।
गत शनिबार सम्पन्न प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा बागमती प्रदेशलाई उपाधि दिलाएकी ६ खेलाडी परेका छन्। उक्त प्रतियोगितामा बागमतीकी सलिना बुढा मगर उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन्। एन्जिला मानन्धर उत्कृष्ट लेवेरो हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी जेनिशा विश्वकर्मा र उत्कृष्ट सेटर भावना तामाङ घोषीत भइएकी थिइन्।
लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए। निशा चौधरी सहाना प्रधान भलिबलमा उत्कृष्ट ब्कर घोषीत खेलाडी हुन्।
यस्तै सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन्।
काभा भलिबल प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |