← समाचारमा फर्कनुस्
Cricket Jul 07, 2023 · Shishir

जिम्बावेमा सिकेको कुरा इमर्जिङ कपमा सदुपयोग गर्छौँ : कप्तान रोहित

जिम्बावेमा सिकेको कुरा इमर्जिङ कपमा सदुपयोग गर्छौँ : कप्तान रोहित

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले जिम्बावेमा सिकेको कुरा एसीसी इमर्जिङ टिम्स एशिया कपमा सदुपयोग गर्ने बताएका छन्। शुक्रबार स्वदेश फर्किएसँगै उनले जिम्बावे भ्रमणमा सोचेअनुसारको नतिजा हात नपारपनि धेरै कुरा सक्न पाएको बताए।

नेपालले जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेलेको थियो। १० टोलीसम्मेलित प्रतियोगितामा नेपाल आठौँ भएको थियो। नेपालले प्रतियोगिताको समूह चरणमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ‘प्लेअफ’मा यूएईलाई ३ विकेटले पराजित गर्‍यो।

नेपाल समूह चरणमा जिम्बावेसँग ८ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भयो। दुई पटक एक दिवसीय विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग भने १०१ रनको फराकिलो हार बेहोर्‍यो। सातौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएको थियो।

“सोचेजस्तो रिजेल्ट आएन तर धेरै सक्न पायौँ। आईसीसी फुल मेम्बरसँग खेल्न पायौँ। उनीहरूसँग जित्न ब्याटिङ बलिङ र फिल्डिङ सबै डिपार्टमा राम्रो गर्नुपर्छ। हरेक दिन एक दुई कुरा मिस गरिरहेका थियौँ। अब आउने खेलहरूमा सिकेको कुरा सदुपयोग गर्छौँ,” उनले भने।

नेपालले यसलगत्तै इमर्जिङ कप र एसिया कप खेल्दै छ। यी दुवै प्रतियोगिता नेपालले समूह चरणमै भारत र पाकिस्तानको समना गर्ने छ। भारत र पाकिस्तानले भने ‘ए’ टोली पठाउने छ। जिम्बावेमा टेस्ट राष्ट्रसँग खेलिसकेकाले यो प्रतियोगितामा भारत र पाकिस्तानविरुद्ध राम्रो हुने रोहितले बताए।

वेस्ट इन्डिज र जिम्बावेसँग भिड्दा आफूहरूसँग भन्दा उनीहरूका खेलाडीसँग बढी अनुभव देखिएको बताए। आईसीसीका पूर्ण सदस्य राष्ट्रसँग यसरी नै भविष्यमा खेल्न पाए हराउन सक्ने आत्मविश्वास जागेको उनले बताए। 

“सबै प्लेअरहरू वेस्ट इन्डिज र जिम्बावेका बलरहरूले कस्तो बलिङ गर्छ भनेर एक्साइमेन्ट थियो। फेस गर्दा त्यस्तो डिप्रेन्स केही थिएन। स्कटल्यान्ड र नेदरल्यान्ड्सले राम्रो क्रिकेट खेल्यो। फुल मेम्बरहरूसँग खेल्न पाए बिट गर्छौँ,” उनले भने। 

एसोसिएट राष्ट्र स्कटल्यान्ड टेस्ट राष्ट्रहरूलाई हराउँदै ‘सुपर सिक्स’मा पुगेको थियो। स्कटल्यान्डले आयरल्यान्डलाई १ र वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको थियो। यस्तै, जिम्बावेलाई भने ३१ रनले पराजित गर्‍यो।

यस्तै, विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग ‘टाइ’ खेलेको थियो। तर, अन्तिम खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट भयो। 

कुशल भुर्तेल ९९ रनमा आउट हुँदा आफूलाई नराम्रो लागेको रोहितले सुनाए। कुशल जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका थिए। 

“त्यतिखेर १०० हुन्छ, सबैले क्लाप गर्छन् भन्ने सोचिरहेको थिए। सडेन्ली योर्कर आयो। केही सोच्नै सकेनौँ। के भयो के भयो,” उनले भने। यद्यपि, स्कटल्यान्ड र नेदरल्यान्ड्सले टेस्ट टोलीलाई रोकेर विश्वकपमा जाँदा आफूलाई खुशी लागेको बताए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →