← समाचारमा फर्कनुस्
Cricket Sep 24, 2023 · Nepalsports

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

क्यानद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ ।

त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ ।

एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् । ललित राजबंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन् । 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले आफनो टोलीले राम्रो अभ्यास गरेको भन्दै प्रतियोगितामा मेडल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताउनुभयो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →