← समाचारमा फर्कनुस्
Football Jun 29, 2026 · Swadesh

क्यानाडा पुग्यो अन्तिम १६ मा

क्यानाडा पुग्यो अन्तिम १६ मा

कप्तान स्टेफेन इस्टाक्युओले इन्ज्युरी समयमा गरेको नाटकीय गोलको मदतले क्यानाडाले सोमबार दक्षिण अफ्रिकालाई १–० ले हराएको छ र विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । यस खेलसँगै उत्तर अमेरिकामा चलिरहेका विश्वकपको नकआउट चरण सुरु भएको छ ।

दुवै टिम पहिलो पटक विश्वकपका दोस्रो चरण खेलिरहेका थिए र यो खेल अतिरिक्त समयमा जाने छाँट देखिएको थियो । यही बेला इस्टाक्युओले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको हो ।

लस एन्जलसमा भएको खेलमा उनले सुरुमा बल छातिले नियन्त्रणमा लिएर र दक्षिण अफ्रिकी पोस्टको तल्लो कुनामा प्रहार गरे । पोर्टोका यी मध्यपक्तिका खेलाडी ऋणमा लस एन्जलस एफसीबाट खेलिरहेका छन् । अब अन्तिम १६ को क्यानाडाको सामना मोरक्को र नेदरल्यान्ड्सबीच हुने खेलको विजेतासँग हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →