← समाचारमा फर्कनुस्
पेरुमाथि क्यानडाको जित

काठमाडौं । क्यानडाले कोपा अमेरिका २०२४ मा पहिलो जित निकालेको छ।
बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले १० खेलाडीमा समेटियो पेरुलाई १-० गोलअन्तरले पराजित गरेको हो।
क्यानडाको जितमा जोनाथन डेभिडले गोल गरे। खेलको उनले ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
त्यसअघि खेलको ५९औं मिनेटमा पेरु १० खेलाडीमा समेटिएको थियो। पेरुका मिगुएल अराउजो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
जितसँगै समूह ए मा क्यानडाले तीन अंक जोडेको छ। क्यानडा पहिलो खेलमा अर्जेन्टिनासँग २-० गोलअन्तरले पराजित भएको थियो।
पेरुभने लगभग प्रतियोगिताबाट बाहिरिएको छ। पेरु पहिलो खेलमा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |