TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 18, 2026 · Swadesh

समूह ‘बी’:क्यानडा र कतार ऐतिहासिक पहिलो जितको खोजीमा, अर्को खेलमा स्विट्जरल्यान्ड र बोस्निया भिड्ने

समूह ‘बी’:क्यानडा र कतार ऐतिहासिक पहिलो जितको खोजीमा, अर्को खेलमा स्विट्जरल्यान्ड र बोस्निया भिड्ने

पहिलो चरणमा सबैले बराबरीको नतिजा आत्मसात गरेका कारण समूह ‘बी’ अहिले सन्तुलित छ । क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जोगोभिना सबैको समान एक अंक छ ।

सबैलाई थाहा छ दोस्रो चरणका खेलमा जित हासिल गरे आफू नकआउट चरणको लागि छनोटको संघारमा पुग्न सकिन्छ भन्ने ।

क्यानडा भर्सेस कतार

नेपाली समयअनुसार शुक्रबार बिहान ३ः४५ भ्यानकोभरस्थित बिसी प्लेसमा कतारसँग खेलिरहँदा सह–आयोजक क्यानडा ऐतिहासिक पहिलो जितको लक्ष्यमा हुनेछ । उच्च अपेक्षाहरुका बावजुद क्यानडाले आफ्नो पहिलो खेलमा बोस्नियासँग संघर्ष गर्यो ।
जेसी मार्शको नेतृत्वमा रहेको क्यानडा खेलअवधिभर नर्भस देखिन्थ्यो । फाइनल थर्डमा शार्पनेशको कमी थियो । अन्त्यमा निर्धरित समय सकिन १४ मिनेट बाँकी छँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर काइल लारिनको गोलमा क्यानडाले विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्यो ।

त्यसअघि जोभो लुकिकको गोलमा बोस्नियाले २१औं मिनेटमा अग्रता लिएको थियो । यो सबैभन्दा धेरै चिन्ताको विषय थियो । किनभने विपक्षीबाट सुरुमा गोल खाने क्रमले फेरि पनि निरन्तरता पायो । सातमध्ये ६ खेलमा क्यानडाले सुरुमा गोल खाएको छ ।

कतारसँग खेल्नुअघि कप्तान अल्फन्सो डेभिजको फिटनेश फेरि एकपटक चर्चाको विषय बनेको छ । बार्यन म्युनिखका स्टार खेलाडीले ह्यामस्ट्रिङ समस्याका कारण बोस्नियासँगको खेल गुमाएका थिए । कतारविरुद्ध डेभिजको उपस्थिति हुने हो भने क्यानडाको ‘अट्याकिङ थ्रेट’मा बल पुग्नेछ ।

सन् २०२२ मा यी दुईले पछिल्लोपटक एकअर्कासँग खेलेका थिए । अस्ट्रियामा सम्पन्न मैत्रीपूर्णं खेलमा क्यानडा २–० ले विजयी भएको थियो । क्यानडाले पछिल्लो भेटबाट आफ्नो आत्मविश्वास बढाउन सक्छ ।

वर्तमान टोलीबाट डेभिज, म्याक्सिम क्रेपाउ, रिची लारिया,  डेरिक कर्नेलियस र जेडेन नेल्सन बिसी प्लेसका बारेमा जानकार छन् । सबैले युथ÷सिनियर लेभलमा भानकोभर ह्वाइटक्याप्सको प्रतिनिधित्व गरेका थिए ।

कतार भने स्विट्जरल्यान्डविरुद्ध नाटकीय बराबरी खेल्दै भ्यानकोभर प्रस्थान गर्दैछ । युलियन लापोटेगीको नेतृत्वमा रहेको कतार खेलअवधिभर लो ब्लकमा खेलेको थियो । 

अन्त्यमा होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले हेडरमार्फत ९०+(४’) मिनेटमा बललाई जाली चुमाए । गोल अनि फाइनल ह्विस्सलपछि युलियन लापोटिगेको नेतृत्वमा रहेको कतारको ‘सेलिब्रेस’ हेर्नलायक थियो ।

एसियन च्याम्पियन कतारले पछिल्ला सात खेलमा जित हासिल गर्न सकेको छैन । यी खेलहरुमा कतारले एक गोलभन्दा बढी गर्न सकेको छैन । तर, स्विट्जरल्यान्डविरुद्ध जुन किसिमको दृढ संकल्प कतारले देखायो । त्यो कम आकलन गर्न मिल्दैन ।

स्विट्जरल्यान्ड भर्सेस बोस्निया

क्यानडाविरुद्धको प्रदर्शनले बोस्नियालाई आगामी यात्राका लागि उर्जा दिएको छ । टोलीले अनुशासित खेल प्रदर्शन गरेको थियो । यद्यपि बोस्नियाले सोचेजस्तो अन्त्य पाएन । पहिलो खेलमै बाक्लो समर्थकको साथ रहेको सह–आयोजकविरुद्ध बराबरी खेल्नु पनि बोस्नियाका लागि ठूलो उपलब्धि हो ।

बोस्निया पछिल्ला ९ खेलमा अपराजित छ । यद्यपि निर्धारित समयको मात्र कुरा गर्ने हो भने ९ मध्ये ६ खेल बराबरीमा सकिएको छ । स्विट्जरल्यान्डका लागि यो चिन्ताको विषय हो ।

कतारअघि अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि स्विट्जरल्यान्डले १–१ को बराबरी खेलेको थियो । नेपाली समयअनुसार बिहीबार मध्यराति १२ः४५ हुने खेलमा स्विट्जरल्यान्ड पक्कै पनि यो लयलाई तोड्न चाहन्छ ।

उता कतार र क्यानडा ऐतिहासिक पहिलो जितको खोजीमा हुँदासमूह ‘बी’का दोस्रो चरणका खेलहरु नाटकीय रहने पक्का पक्की छ ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group A
1 Mexico 1 3
2 South Korea 1 3
3 Czechia 1 0
4 South Africa 1 0
सबै समूह →